दफा १४
रकम झिक्न सक्न
(१) कम्तीमा पाँच वर्षसम्म लगातार कोष कट्टी रकम कोषमा जम्मा गर्ने कर्मचारीले आर्थिक वर्षको शुरूसम्ममा निजको नाममा कोष कट्टी भई जम्मा भएको कूल रकमको साठी प्रतिशतमा नबढ्ने गरी कोषबाट रकम झिक्न सक्नेछ ।
(२) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि उपदफा (१) बमोजिम बाहेक कुनै कर्मचारीले निज सेवामा बहाल रहेसम्म कोषबाट रकम झिक्न सक्ने छैन ।
(३) उपदफा (१) बमोजिम कुनै कर्मचारीले एक पटक रकम झिकेपछि त्यसरी रकम झिकेको मितिले दुई वर्ष पूरा नभई पुन रकम झिक्न सकिने छैन ।